![हाँडीगाउँमा ‘कार फ्रि डे’ (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/hadegaun-car-free-day-6.jpg)
काठमाडौं । क्यानडाले जारी आसिसी टी२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो । यसअघि क्यानडाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
समुह ए मा यो जितपछि क्यानडाले २ अंक हासिल गरेको छ । पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको क्यानडाले दोस्रो खेलमा जित हासिल गरेको हो ।
त्यस्तै आयरल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्डले पहिलो खेल भारतसँग हारेको थियो । अब क्यानडाले अर्को खेल जुन ११ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले भने जुन १४ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
![रामोजी समूहका संस्थापक रावको निधन](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/ramoji-grop.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच