दोलखा । गाई अनुवांंशिक स्रोत केन्द्र जिरीमा रहेका लाखौंंका कवाडी सामान अलपत्र परेका छन् । प्रकृयागत झञ्जटका कारण ति सामान समयमैं लिलाम गर्न नसक्दा अलपत्र परेका हुन् ।
लिलाम गर्नकालागि पहिले मिनाहा गर्ने कार्यगर्नु पर्ने भएकोले मिनाहगर्न २०७९ सालमा नै राष्ट्रिय पशुपन्छि स्रोत ब्यवस्थापन तथा प्रवर्धन कार्यालयमा फाइल पठाइएकोमा २०८० साल चैत्रमा फाईल फिर्ता आएकोले अब मिनाह समितिको बैठकले सिफारिस गरेपछि लिलामीको प्रकृया अघि बढ्ने गाई आनुवांंशिक स्रोत केन्द्र जिरीका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को दफा १११ अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मिनाहा समितिको ब्यवस्था रहेको छ ।
आम विनाशकारी भुकम्प २०७२ मा परेर भत्किएका संरचनाहरुको धातुजन्य अवशेसहरु, जस्ता, फलाम, सवारी साधनहरु घाँस काट्ने मेसिन लगायतका वस्तुहरु लिलाम गर्नु पर्ने गाई अनुवांंशिक स्रोत केन्द्रले जिरीले जनाएको छ । समयमा लिलामहुन नसक्दा जस्ता तथा फलाम जन्यवस्तुहरु खियाले समाप्त पार्न लाग्दा पनि प्रकृयागत झन्जटका कारण लिलाम हुन नसदा केन्द्रलाई लाखौं घाटा हुने अवस्था रहेको छ । २०१४ सालमा स्थापना भएयता हालसम्म केन्द्रबाट कवाडी जन्य वस्तुहरुको लिलाम हालसम्म नभएको केन्द्र प्रमुख गिरीले बताउनुभयो ।
संघीय सरकार अन्तर्गत रहेको केन्द्रले उन्नत जातका होलिस्टिन र जर्शी गाई पाल्दै आएको छ । केद्रले दूधका अतिरिक्त उन्नत जातका गाईका बाच्छा बाच्छि तथा गाई उत्पादन गरी विक्रि वितरण गर्ने गरेको छ । यस्तै ल्यान्डरेस तथा योर्कसायर जातका बंगुरका पाठा–पाठी पनि उत्पादन गरी केन्द्रले विक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गिरीले जानकारी दिनुभयो ।
२०१४ सालमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिरी एकिकृत कृषि फर्मको रुपमा स्थापना भएकोे यो फर्म गणतन्त्र स्थापना पछि २०७५ सालदेखि संघीय सरकार अन्तर्गत गाई अनुबांसिक स्रोत केन्द्रको रुपमा सञ्चालन हुँदै आएको छ । फर्मको नाममा जिरीमा ८४ हेक्टर र रामेछापको गर्जाङमा १२५ हेक्टर बढी जग्गा रहेको छ । फर्मले जिरीमा गाई तथा गर्जाङमा बाछा–बाच्छी र साँढे पाल्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच