![विपक्षी दल कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा ब्रेक](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepali-Congresh-Hita-fornt-page.jpg)
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आज र भोलिको बैठक स्थगित गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक दुई दिन पर सारिएको जनाइएको छ ।
प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब जेठ २९ गतेदेखि नियमित छलफल हुनेछ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।
![ऐतिहासिक तेस्रो कार्यकालको लागि शपथ लिँदै मोदी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/PM-Parchanda-n-Modi-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच