काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटिएम मेसिनजस्ता अत्याधुनिक मेसिन रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आमजनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।’ ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
यस्ता नवीन बैंकिङ प्रविधि अंगालेर बैंकले आफ्ना ग्राहकको बदलिँदो बैंकिङ आवश्यकतामात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणका लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ । कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच