![गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/gandaki-pradesh.jpg)
काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको छ ।
मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उहाँहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।
राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।
५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा हुनुहुन्थ्यो । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।
राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिनुभएको छ। उहाँले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गर्नुभएको छ ।
![प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/samsad-7.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच