काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा समाज कल्याण खेलकुद केन्द्रले सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा समाज कल्याणले झम्सिखेल युवा क्लबमाथि ६-३ गोल अन्तरले सहज जित हासिल गरेको हो ।
समाज कल्याणलाई जित दिलाउन रोशन क्षेत्रीले पाँच गोल गर्दा डिकेश लामाको नाममा एक गोल रहृयो । झम्सिखेलका लागि विवश लावती, आर्यन थापामगर र ओम धामीले गोल फर्काउनुभयो । जितसँगै १३ खेलमा १९ अंक जोडेको समाज कल्याणले छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित झम्सिखेल समान खेलबाट १६ अंकका साथ सातौँ स्थानमा छ । खेलको नवौँ मिनेटमा रोशनको गोलमार्फत् समाज कल्याणले अग्रता लियो । उहाँले निरज परियारको पासलाई सदुपयोग गर्नुभएको थियो ।
१० मिनेटपछि नै रोशनले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दा समाज कल्याण २-० ले अगाडि बढ्यो । झम्सिखेलका गोलकिपर विपिन चौधरीले रोशनलाई नै लडाएपछि समाज कल्याणले पेनाल्टीको अवसर पाएको थियो । डिकेशले २८औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गर्नुभयोे । उहाँले रोशनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिनुभएको थियो ।
रोशनले ३२औँ मिनेटमा हृयाट्रिक पूरा गर्दा समाज कल्याण ४-० ले अगाडि बढ्यो । सन्दीप सेन्चुरीको क्रसमा उहाँले पेनाल्टी बक्स बाहिरबाट प्रहार गर्नुभएको थियो ।
प्रतियोगितामा रोशनको यो दोस्रो हृयाट्रिक हो । विवशले ४१औँ मिनेटमा ओम धामीको पासलाई पोस्टको दिशा दिँदा खेल ४-१ को स्थितिमा पुगेको थियो । ७२औँ मिनेटमा आर्यनले झम्सिखेलका लागि दोस्रो गोल गर्नुभयो । रोशनले ८०औँ मिनेटमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौँ गोल गर्नुभयोे । तीन मिनेटपछि नै रोशनले पाँचौँ गोल गर्दा समाज कल्याण ६-१ ले अगाडि बढ्यो । उहाँले डिकेशको पासलाई सदुपयोग गर्नुभएको थियो ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ओमले गोल गर्दा खेल ६-३ को स्थितिमा सकियो । उहाँले मनकुमार राईको कर्नरलाई हेडमार्फत् पोस्टको दिशा दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच