![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रशंसा गर्नुभएको छ ।
उहाँले सो महानगरपालिकाका मेयर महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले मिलेर धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।
सांसद कार्कीले महर्जन काँग्रेसबाट निर्वाचित मेयर र शाक्य एमालेबाट निर्वाचित उपमेयर भएपनि उहाँहरुले मिलेर धेरै राम्रो काम गरेको देख्दा आफूले प्रशंसा नगर्दा अन्याय हुने प्रतिक्रिया पनि दिनुभयो ।
उहाँले मेयर महर्जन र उपमेयर शाक्यले खानेपानीको मुहानको खोजी गरेर ललितपुरमा खानेपानीको अभाव हुन नदिने कामलाई पनि योजनावद्ध ढंगले अघि बढाएको बताउनु भयो । सांसद कार्कीले वागमती नदी खुला ढलको रुपमा परिणत भएको उल्लेख गर्दै त्यसको सफाईमा विशेष ध्यान दिन पनि सरकारलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो ललितपुर जिल्लाका मेयरको कुरा गर्दा हुनत उहाँ काँग्रेसको मेयर हो चिरिबाबु महर्जन । र उहाँको उपमेयर पनि तपाईकै पार्टीको छ । उहाँहरु दुईटाको कम्बिनेशलले यति राम्रो काम गरेको छ कि म प्रशंसा नगरी रहन सक्दिन । यदि मैले यहाँ उभिएर चिरिबाबु महर्जनको र उपमेयरको प्रशंसा गरिन भने उहाँहरुप्रति अन्याय हुन्छ । हामीले विरोध पनि गर्न सक्नुपर्छ, प्रशंशा पनि गर्न सक्नु पर्छ । उहाँहरुले धेरै राम्रो काम गर्नु भएको छ । जुन वनसँग पनि सम्बन्धित छ । त्यहाँ उहाँहरुले मुहानहरुको खोजी गर्नु भएको छ । गोदावरी नगरपालिकामा ५÷६ वटा मुहान छ । त्यहाँ डिपिआर भईसकेको छ । त्यसपछि दक्षिणकालीमा पनि ३/४ वटा मुहान छ । दक्षिणकालीको सिस्नेरी खानेपानी मुहानमा डिपिआर भएको छ । यो सबैभन्दा ठूलो कुरा हो । यसमा उपत्यका खानेपानीले लगानी गरिराखेको छ । ’
सांसद कार्कीले ओर्खु–बालकुमारी ललितपुरले ढंल प्रशोधनको काम शुरु गरेपनि ठेकदारले पैसा खाएर भागेको भन्दै उनीमाथि कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच