![कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/kamalamai-nagar-ghoshana.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्र सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सकेको छैन ।
एमाले निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
‘जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौं, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ’, उहाँले बताउनु भयो ।
अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेशको सिरहा, सप्तरी र धनुषा, गण्डकीको मनाङ, कर्णालीको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ ।
सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच