बर्लिन । १७औँ संस्करणको युइएफए युरोकप २०२४ अन्तर्गत आयोजक जर्मनीले स्कटल्याण्डविरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा शुक्रबार राती सम्पन्न उद्घाटन खेलमा उपाधि दाबेदार घरेलु टोलीले स्कटल्याण्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै सानदार विजयी सुरुवात गरेको हो ।
जर्मनीका लागि फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गर्नभयो । स्कटल्याण्डले एक गोल उपहार पाएको थियो । फ्लोरियनले खेलको दशौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । १९औँ मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा काई हावर्ट्जले गोल गर्दै जर्मनीलाई ३-० को अग्रता दिलाउनुभएको थियो ।
४४औँ मिनेटमा स्कटल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । स्कटल्याण्डका रायन पोर्टियसले रातो कार्ड खाएर मैदानबाहिर हुनुभएको थियो । पहिलो हाफमा ३-० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ६८औँ मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४-० ले अघि बढ्यो ।
८७औँ मिनेटमा स्कटल्याण्डले उपहार गोल पायो । जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गर्नुभयो । स्कटल्याण्डका लागि रुडिगरले गरेको गोल सान्त्वना बन्यो । जर्मनीले अब आफ्नो दोस्रो खेल जुन १९ मा हंगेरीविरुद्ध खेल्नेछ भने स्कटल्याण्डले २० जुनमा स्विट्जरल्याण्डको सामना गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच