![गर्मीमा खुट्टा गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/khutta-ganaune-samasya.jpg)
भक्तपुर । नर्थ प्वाइन्ट बोडिङ स्कुलले आफ्नो प्रथम त्रैमासिक अभिभावक भेलामा पुस्तक लोकार्पण एवं लेखकसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ । राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम स्कुलमा संस्थापक उत्तम झाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सर्जक उर्मिला ढुंगाना सुवेदीकृत ‘सतहत्तर सरगम’को लोकार्पण गरिएको थियो ।
स्कुलका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि ओली, अध्यक्ष झा, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, सखी प्रतिष्ठानकि अध्यक्ष मञ्जिला अनिल, समालोचक प्रा.डा.गोवोन्दमान सिंह कार्की, साहित्यकारहरू विक्रमभक्त जोशी, हरिश कल्पित, कृतिकार उर्मिला ढुंगाना सुवेदी, प्रकाश चन्द्र ढकाललगायतले मन्तव्य राख्नु भएको थियो ।
अभिभावकहरूले पनि मन्तव्य राख्नुभएको सो कार्यक्रममा सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले गीत गाउनु भएको थियो भने स्कुलकी प्रिन्सिपल एल्सा झाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा अनेसास नेपालकी सचिव सुशीला खड्का हसिनासहित स्कुल परिवार र अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थित थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच