बर्लिन । युरोकप २०२४ मा इटाली, स्पेन र स्विट्जरल्याण्डले विजयी सुरुवात गरेका छन् । समूह ‘बी’ मा रहेको डिफेन्डिङ च्याम्पियन इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएको थियो । अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।
तर, ११औँ मिनेटमा इटालीले बराबरी गर्यो । इटालीका लागि एलेजान्द्रो बास्टोनीले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै बराबरी गर्नुभएको थियो । १६औँ मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २-१ ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै इटालीले तीन अंक जोड्न सफल भयो । इटाली समूह ‘बी’मा दोस्रो स्थानमा रहेको छ ।
युरोकपमा क्रोएसियालाई हराउँदै स्पेनले पनि विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा स्पेन ३-० गोलले विजयी बनेको हो । स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९औँ मिनेटमा अल्भारो मोराटाले टोलीलाई अग्रता दिलाउनुभएको थियो । ३ मिनेटपछि फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्नुभयो । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । समूह ‘बी’मा पहिलो जितसँगै स्पेन तीन अंक बटुलेर शीर्षस्थानमा उक्लेको छ । यो समूहमा अल्बानिया र इटाली पनि रहेका छन् । दुई टोलीले खेल्न बाँकी छ ।
यस्तै, स्विट्जरल्याण्डले हंगेरीलाई हराउँदै युरोकप २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा स्विट्जरल्याण्ड ३-१ गोलले विजयी बन्यो । खेलको १२औँ मिनेटमा क्वाडवो डुआले स्विस टोलीलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको अन्त्यमा मिकेल एबिस्चरले टोलीको अग्रता दोब्बर बनाउनुभएको थियो ।
दोस्रो हाफमा बर्नबास भार्गाले गोल गर्दै हंगेरीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, इन्जुरी समयमा ब्रिल इमबोलोले गोल गर्दै स्विस टोलीलाई तीन अंक सुनिश्चित गर्नुभयो । समूहमा गोलअन्तरका आधारमा आयोजक जर्मनी शीर्षस्थानमा छ । स्विट्जरल्याण्ड समान अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच