अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालन हुन्छन् : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनका लागि सुझाव पेश गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताउनु भयो । उहाँले सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो - ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य भइरहेको छ । अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवाहरुले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका साथै अन्य विषयमा पनि चासो व्यक्त गरेकाले ति विषयहरुमा छलफल र समन्वय भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तिनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरु दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक नीजि साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्यसमिति गठन भएको र समितिले प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरि कार्यान्वयनमा ल्याइने छ । आज विहान मात्रै मैले सम्बन्धित मन्त्रालयसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा अन्तर्राष्ट्रिय समन्वयको बारेमा छलफल गरेको छु । केही सकारात्मक र उत्साहवद्र्धक प्रगती भइरहेको जानकारी गराउन चाहान्छु ।’

उहाँले अन्तर्राष्ट्रिय वायु सेवाहरुले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरुसँग पनि छलफल भइरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?