भोजपुरमा लागुऔषध दुरुपयोग सम्वन्धी सप्ताहब्यापी कार्यक्रम सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ ।

हरेक वर्ष जुन २० देखि २६ (असार ५ देखि ११ गतेसम्म) विश्वब्यापीरुपमा मनाइने लागुऔषध दुरुपयोग तथा ओसार-पसार विरुद्धको दिवसको अवसरमा भोजपुरमा पनि सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा जिल्ला तहमा कार्यक्रम गर्नेछ ।

पछिल्लो समयमा युवा वर्गमा लागुऔषध दुर्व्यसनीको कारण समाजमा नराम्रा घटनाहरु घटिरहेका छन् भने लागुऔषधको कुलतमा लागेर धेरै बालबालिकाहरुको भविश्यनै जोखिममा परिरहेको छ । लागुऔषधको प्रयोग र ओसार पसारका गतिविधिले समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले बताउनुभयो । प्रजिअ थापाले भन्नुभयो, “यसको नियन्त्रका लागि सरकारका सन्यन्त्र, स्थानिय तह, नागरिकलगायत सवैको सहकार्य जरुरी छ ।”

लागुऔषध विरुद्धमा सचेतना अभियानअन्तर्गत जिल्ला तहमा लागुऔषध नियन्त्रण सम्बन्धि नीति, ऐन, सम्बन्धमा छलफल, अन्तरक्रियालगायतका सचेतना मुलक कार्यक्रमहरु प्रहरीसँगको समन्वयमा संचालन हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?