काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत अष्ट्रेलिया र भारतले अपराजित यात्रा कायमै राखेका छन् । सुपर-८ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको हो भने अष्ट्रेलियाले बंगलादेशलाई हराएको हो । बिहीबार राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाउनुभयो । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोड्नुभयो । भारतका लागि अर्शदीप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिनुभयो । कुलदीप यादवले २ तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा सर्वाधिक ५३ रन बनाउनुभयो । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोड्नुभयो । ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाउनुभयो । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिनुभयो ।
यस्तै, अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई हराएको छ । शुक्रबार बिहान वर्षाले बिथोलिएको ‘सुपर-८’ चरणको खेलमा ‘डकवर्थ एण्ड लुइस’ नियमका आधारमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको हो । अष्ट्रेलियाविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अष्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एण्ड लुइस’ नियमका आधारमा अष्ट्रेलिया विजयी भएको हो । जितसँगै ‘सुपर-८’ चरणको ‘समूह-१’ तालिकामा एक-एक खेल खेलेका भारत र अष्ट्रेलियाको दुई-दुई अंक छ । जारी विश्वकपमा अष्टे«ेलिया र भारत दुवै हालसम्म अपराजित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच