झापा । मुलुककै ठूलो नगरपालिका झापा मेचीनगरमा क्रियाकशील पाँच दल वर्तमान नगरपालिका नेतृत्वसँग रुष्ट भएका छन् । नगरपालिका नेतृत्वको कार्यसम्पादन जनहित विपरीत भएको ती दलको निष्कर्ष छ ।
नेपाली कांग्रेससहित पाँच दलले नगरपालिका नेतृत्वलाई सचेत गराउँदै पाँच बुँदे माग अघि सारेका छन् । आफ्नो माग तत्काल सम्बोधन नभए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नगरपालिका नेतृत्व हुने ती पाँच दलले चेतावनी दिएका छन् ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले नगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त वस्तीका विषयमा सार्वजनिक रुपमा गरेको टिप्पणीका बारेमा मौनता साँधेर नगरपालिका नेतृत्व संरक्षणमा जुटेको, शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर भएको मृत्युको घटनाको छानबिन गर्न चासो नदेखाएको, नगर भित्र सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास निर्माणका कामा चरम उदासिनता देखाएको, व्यवसायी कुबेर देवानमाथि भएको कुटपिट घटनालाई सामसुम बनाएको पाँच दलले निचोड निकालेका छन् ।
ती दलले गत वर्ष असार २६ गते सानो संसार किन्डर गार्टेन मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेर आठ वर्षीय ताप्छोपहाङ लिम्बुको मृत्युको घटनाको प्रतिवेदन सार्वजनिक नगरी मन्टेश्वरी सञ्चालकलाई उन्मुक्ति दिएको, विगतमा आफूहरूले पटकपटक उठाएका जनसरोकारका मागप्रति नगरपालिका नेतृत्व कानमा तेल हालेर बसेको ती दलको ठहर छ ।
नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का लगाएको निन्दा खोलामा ठेकेदारले नियम विपरीत खनेको गहिरो खाल्डोमा डुबेर जेठ १५ गते नवज्योति विद्यालयका शिक्षक भण्डारीको मृत्यु भएको थियोे ।
काम गरेको पैसा भुक्तानी लिन जाँदा जेठ ११ गते शुक्रबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा मेनपा १० का वडाध्यक्ष नारायण खनालसहितको समूहले कुटपिट गरेको थियो । भागेर ज्यान जोगाएका व्यवसायी देवान अस्पतालनै भर्ना भएका थिए ।
तर, वडाध्यक्ष खनालले घटनामा आफ्नो सम्लग्न्ता नभएको बताउँदै आउनु भएको छ। पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर वडाध्यक्ष कार्कीले सार्वजनिक रूपमा कर्मचारी वस्ती उपर लगाएको आरोपको छानबिन गर्न माग गरेका छन् ।
पाँच दलले निकालेको विज्ञप्तिमा नेपाली कांग्रेसका मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय), नेकपा एकीकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष हरि तिम्सिना, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ्ग,राष्ट्रिय स्वतन्त्र पार्टीका भीमबहादुर कुबँर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विशालकृष्ण बाँस्तोलाले हस्ताक्षर गरेका छन् ।
वडाध्यक्ष कार्कीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा कर्मचारी वस्तीलाई नगरपालिकाबाट नहटाएसम्म मेचीनगरको विकास नहुने बताउनु भएको थियो । त्यसको चर्चा राजनीतिक र सामाजिक वृतमा निरन्तर भइरहेको बेला पाँच दलले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच