![मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/satish-singh.jpg)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताउनु भयो ।
गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उहाँले आगामी दिनमा यस किसिमका घटना हुन नदिन लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गेरको बतउनु भयो ।
उहाँले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कानूनी प्रतिवन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको हुँदा समुदायलाई साथमा लिइ कार्यप्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक संस्थाहरु र आम सञ्चारमाध्यम लगायतको बहुपक्षिय प्रयास आवश्यक रहेको देखिएको छ । महिला तथा बालबालिकाका बिरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरुमा शुन्य सहनशिलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहतका प्रशानस थप संवेदनशील र सचेत रहेको कुरा सम्मानित सदनलाई जानकारी गराउँछु । यस घटनाको संवेदनशीलतालाई मध्यनजर गरी मन्त्रालयले स्थानीय प्रशासनबाट भए गरेका कार्यहको दैनिक प्रतिवेदन लिने तथा नियमित सुपरीवेक्षणको कार्यक्रमसमेत निरन्तर गरिरहेको जानकारी गराउन चाहन्छु । प्रश्तुत घटनामा सूचना प्राप्त हुने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको रोहबरमा उपचारको व्यवस्था मिलाइएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान गरी निजलाई नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको गम्भीर्यतालाई ध्यानमा राखि सुदूरपश्चिम प्रहरी कार्यालयबाट अनुसन्धानमा सहयोग गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको र सो टोलीले प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइसकेको छ । उक्त घटनाको हाल अनुसन्धान भइरहेको छ । अनुसन्धानलाई पूर्णता दिइ चाँडै नै अदालतमा मुद्दा दायर हुने व्यहोरा जानकारी गराउँछु । पीडित उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन भएको छ । आज नै गृह मन्त्रालयले एक समिति बनाइ आजसम्म छाउपडी प्रथा सम्बन्धी भएका, त्यसको अध्ययन सम्बन्धी भएका सबै प्रतिवेदनलाई एकत्रित गरी तिनलाई अध्ययन गरी र विभिन्न व्यक्तिसँग सल्लाह, परामर्श लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’
उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच