काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ ।
नेपालमै हुण्डाई भेन्युकोे व्यावसायिक उत्पादनलाई ध्यानमा राखी कम्पनीले हुण्डाई नेपालः मेड फर योर जर्नी नामक ग्राहकमुखी योजना ल्याएको छ ।
योजनाअन्तर्गत हुण्डाई भेन्यु खरिदमा ६.९९ प्रतिशत फाइनान्सिङ सुविधा, १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहनेछ । लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको छ । हाल बिक्री सुरु भएको मेड इन नेपाल हुण्डाई भेन्युको मूल्य ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच