![गीतसंगीतमा गोविन्द मधुर](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Govinda-Madhur.jpg)
काठमाडौं । चलचित्र ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित हुनुभएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । चलचित्र युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा प्रियंकालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ ।
‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ,’ निर्देशक बलामीले भन्नुभयो ।
रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो चलचित्र असारको अन्तिमबाट छायांकन गरिने बताइएको छ । चलचित्र मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाईंको संगीत रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच