वेदलाई श्रुति भनिन्छ । मानव जीवनमा श्रुतिपरम्पराले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संसारमा जति पनि संस्कृति र सभ्यता जीवन्त छन् ती यही श्रुतिपरिम्परामा नै आश्रित छन् । श्रुतिपरम्परा भनेको सुनेर वा कथ्य परमम्परामा आधारित ज्ञान हो । एउटाले भनेको सुनेर, गरेको देखेर तदनुसार गर्ने प्रक्रियालाई श्रुतिपरम्परामा राख्न सकिन्छ । एक परम्परामा जे जस्तो व्यवस्था छ त्यस्तै अन्य पुस्तामा पनि निरन्तर चल्नु श्रुतिपरम्परा अडिनु हो भने भङ्ग हुनु श्रुति परम्परामा पनि विचलित हुनु हो । सुन्ने सुनाउने, गर्ने गराउने प्रक्रियाबाट चल्ने पद्धति विशेषलाई पनि यसअन्तर्गत राख्न सकिन्छ । जुन समकालिक र ऐतिहासिक हुन्छन् ।
एउटै पुस्तामा चल्ले प्रक्रिया समकालिक हो भने पुस्तौँ पुस्ता रहने प्रक्रियालाई ऐतिहासिकका रूपमा बुझ्न सकिन्छ । लेख्य भन्दा श्रुतिपरम्परा विशेष महत्वका रहन्छन् र दीर्घजीवि हुन्छन् । आज हामीले जे जति ज्ञानका स्रोत प्राप्त गरेका छौँ ती सबै श्रुतिपरम्पराकै देन हुन् । लेख्यपरम्परालाई मात्र अवलम्बन गरेको भए आज ती ज्ञान र सीप हामीलाई प्राप्त हुने थिएनन् । सबै कुरा लेखेर साध्य पनि हुँदैन । कुनै कुरा गरेर देखाउनु र त्यसलाई लेखेर भन्नुमा धेरै भिन्नता रहन्छ । लेख्य भनेको सार रूप नै हो । लिखित कुरा सङ्क्षेपमा नै हुन्छ । तर कथ्य र प्रयोग पक्षको कुनै सीमा हुँदैन । जो निरन्तर पुस्तौं पुस्ता प्रवाहित भइरहन्छ र जीवन्त रहनसक्छ ।
सङ्कल्प श्रुतिपरम्पराको एक ज्वलन्त उदाहरण हो । सङ्कल्पमा इतिहास विद्यमान छ । सङ्कल्पको संस्कार नभएको भए हाम्रा तिथिमिति हराएर जाने थिए । सङ्कल्पसँगै इतिहास प्रवाहित भएको छ । सृष्टिदेखि वर्तनमानसम्मका काल गणनाको दिव्य ज्योति निरन्तर प्रवाहित भइरहेको छ ।
सुन्ने सुनाउने परम्पराले नै त्रेतायुगको रामायण आजसम्म जीवन्त छ । ती रामकथा आज पनि उत्तिकै श्रद्धाभक्तिपूर्वक सुन्ने सुनाउने गरिन्छ । लेख्य रामायणका धेरै भेद छन् । कतै उपकथा जोडिएका छन् त कती छैनन् । सुन्ने सुनाउने परम्परा आज पनि निरन्तर छ । द्वापर युगका महाभारतका कथा पनि श्रुतिपरम्पराले नै बँचेका हुन् । भागवत यही श्रुतिपरम्पराको नमुना हो । भागवत लगाउने भन्नु नै श्रुति परम्परालाइ निरन्तरता दिनु हो । भागवतमा पनि श्रीमद्भागवत अधिक सुन्ने सुनाउने गरिन्छ । अन्य सत्रवटा भागवत गौण छन् केवल श्रीमद्भागवत सुन्ने सुनाउने पद्धति निरन्तर चलिरहेको छ ।
कतिपय अवस्थामा त पुराण भनेको नै भागवत मात्र हो भन्ने जस्तो भान पर्न थालेको पाइन्छ । किनिकि श्रीमद्भागवत्को मात्र श्रुतिपरम्परा निरन्तर चलिरहेको छ अन्य पुराण केवल पुस्तकमा मात्र सीमित भइरहेका छन् । प्रकाशिक भएका ग्रन्थलाई पनि श्रुतिपरम्पराको पद्धतिमा नराख्ने हो भने कालान्तरमा यी विषयवस्तु हराएर जान सक्छन् । जुन विषयवस्तु श्रुतिपरम्परामा आश्रित रहेर प्रयोग पनि भइरहन्छन् ती पुस्तान्तरण पनि हुँदै जान्छन् भने नभएको कुरा हराएर जान्छ ।
सङ्कल्प श्रुतिपरम्पराको एक ज्वलन्त उदाहरण हो । सङ्कल्पमा इतिहास विद्यमान छ । सङ्कल्पको संस्कार नभएको भए हाम्रा तिथिमिति हराएर जाने थिए । सङ्कल्पसँगै इतिहास प्रवाहित भएको छ । सृष्टिदेखि वर्तनमानसम्मका काल गणनाको दिव्य ज्योति निरन्तर प्रवाहित भइरहेको छ । यसैले त हामी त्यो ज्ञान राशिसँग त्यो सृष्टिको आदिबिन्दुसँग पनि निरन्तर साक्षात्कार गरिरहेका छौँ । अकाशका तारालाई पनि निरन्तर आधार मानिरहेका छौँ ।
यदि सङ्कल्प भन्ने सुन्ने सुनाउने प्रक्रिया नचलेको भए केवल लेखेरमात्र दिने चलन भएको भए आज नरहन पनि सक्थ्यो । सबैमा लेख्ने पढ्ने पहुँच हुन पनि सम्भव छैन र सबैलाई लेख्य रूपमा उतार्न पनि असम्भव छ । तर सुन्ने सुनाउने परम्पराका कुनै सीमा छनैन् र निरन्तर प्रवाहित भइरहन्छन् । यसैगरी वेदका ऋचालाई पनि यही श्रुतिपरम्परामै निरन्तरता दिइनुपर्छ भन्ने वैदिक मान्यता हो । अझ भनौ वेदको अर्को नाम श्रुति पनि हो । यसैले वेदका मन्त्र सस्वर उच्चारित हुनुपर्दछ । पाठ गर्ने पनि यही श्रुतिपरम्पराको निरन्तरता हो ।
हामीले ‘मातृदेवो भव’ भन्नुपर्छ । आमालाई देवतासमान पूजा गर्नुपर्छ भन्ने वाक्य लेखेरभन्दा पनि भनेर र व्यवहारमा उतारेर एउटा पुस्तालाई प्रदान गरेका छौँ भने त्यो पुस्ताले अर्को पुस्तालाई पनि त्यसैगरी हस्तान्तरण गर्दछ । अन्यथा उक्त ज्ञान हामीबाट हराएर जान्छ । किताबका पानामा लेखरेमात्र ज्ञानको वास्तविक उपादेयता रहँदैन । समयसापेक्ष विभिन्न माध्यमा पनि यसलाई रूपान्तरण गर्नु आवश्यक हुन्छ । यी सबै कुराभन्दा सजिलो श्रुति परम्पराको प्रक्रियामा प्रचालित गर्ने हो भने त्यो दीर्घजीवि हुन्छ यही नै हाम्रो वस्तविक ज्ञानको सरणि हो । यही विषयलाई ज्ञान गरेर नै हाम्रा ऋषि महर्षिले श्रुतिपरम्पराको थालनी गरेका हुन् ।
संस्कृति र सभ्यतालाई पुस्तान्तरण गर्ने प्रक्रिया श्रुतिपरम्परामा नै अक्षुण्ण रहन्छ । यसैले वेदका मन्त्र कण्ठस्थ गर्ने परम्परा चलेको हो । अनुष्ठान्नमा वैदिक मन्त्र उच्चरण, सङ्कल्प उच्चारण आदि कार्यले उच्चारणगत कार्यका साथसाथै श्रुतिपरम्परलाई पनि अक्षुण्ण राखिरहेका हुन्छ । कुनै कुरा कण्ठस्थ गर्नु पर्दा पनि बोलेर गर्नु र नबोली गर्नुमा भिन्नता रहन्छ । बोलेर गर्दा श्रवणेन्द्रिय पनि सक्रिय हुन्छन् र आँखा पनि सक्रिय रहन्छन् । केवल आँखालाई मात्र प्रयोग गर्ने पद्धति मौनपाठ हो । मौनपाठभन्दा स्वरसहित उच्चारित पाठले स्वयं उच्चारकलाई र अन्य श्रोतालाई पनि तद्विषयमा अद्यावधिक गराउने गर्दछ । जसबाट श्रुतिपरम्परा निरन्तर चल्ने गर्दछ । यही सूक्ष्म पक्षलाई विचार गरेर नै वैदिक मन्त्र उच्चरण गर्ने सुन्ने सुनाउने पद्धति चलाइएको हो । जसबाट हाम्रा संस्कृति, सभ्यता र ज्ञान निरन्तर अक्षुण्ण रहन्छन् ।
सृष्टिदेखि हालसम्म एकअर्ब पञ्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय पच्चीस वर्षको सङ्कल्प उच्चारण आजका हरेक धार्मिक कार्य सम्पादनमा हुने गर्दछ । त्यसको अर्थ नजाने पनि त्यसलाई निरन्तरता दिन जाने अर्थात् सङ्कल्पलाई सही तरिकाले पात्रो हेरेर भन्न जाने भने त्यो श्रुतिपरम्पराले निरन्तरता पाउने पक्का रहन्छ ।
सृष्टिदेखि हालसम्म एकअर्ब पञ्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय पच्चीस वर्षको सङ्कल्प उच्चारण आजका हरेक धार्मिक कार्य सम्पादनमा हुने गर्दछ । त्यसको अर्थ नजाने पनि त्यसलाई निरन्तरता दिन जाने अर्थात् सङ्कल्पलाई सही तरिकाले पात्रो हेरेर भन्न जाने भने त्यो श्रुतिपरम्पराले निरन्तरता पाउने पक्का रहन्छ । गूढतम रहस्य पनि जान्नु अझ राम्रो कुरा हो । यद्यपि यसलाई पुस्तांै पुस्ता राख्ने दीर्घकालीन छापा माध्यम नै श्रुति परम्परा हो । जो आज अर्बौं वर्ष पछि पनि उस्तै सृष्टिका विषय अद्यावधिक भइरहेका छन् । सायद यही ज्ञान र यही श्रुति परम्पराको पद्धति नै सबैभन्दा उत्कृष्टतम र दीर्घकालिक इतिहास बोकेको पद्धति हुनुपर्दछ । अन्यत्र कतै यति वर्षको इतिहास व्यक्त पाइदैन ।
घोक्ने कण्ठस्थ गर्ने भनेर घोक्ने शिक्ष नै आज पनि आवश्यक छ भनेको होइन । तर लेख्य परम्पराभन्दा श्रुतिपरम्परामा दीर्घजीवन छ भन्ने विषयको उठान महत्वपूर्ण हो । हाम्रा संस्कृति र सभ्यतलाई निरन्तर अघि बढाउने र जीवन्त राख्ने हो भने श्रुतिपरम्परालाई अवलम्बन नै गर्नु पर्दछ । लेखिएका पुस्तकको भन्दा पनि मानसपटलमा सुरक्षित ज्ञानले धेरै भूमिका निर्वाह गर्ने गर्दछ । नालन्द विश्वविद्यालयका पुस्तकालयलाई जलाइए पनि, वैदिक पद्धतिका पुस्तकलाई नष्ट गरेर पनि व्यक्तिमा भएको ज्ञानराशिलाई कसैले जलाउन सकेनन् । जसको फलस्वरूप आज हाम्रा आध्यात्मिक विषयवस्तु निरन्तर चलिरहेका छन् । केवल पुस्तकमा मात्र सीमित रहने ज्ञानले समयमा काम गर्न सक्दैन ।
पुस्तक जलाउन वा नष्ट गर्न सजिलो हुन्छ तर आम मानसपटललाई नष्ट गर्न कठिन हुन्छ । यसैले हाम्रा शिक्षण पद्धतिमा श्रुतिपक्षलाई विशेष महित्त्व दिइएको हो । पुस्तक प्रकाशन पनि आवश्यक हुन्छ । समयअनुसार लिपिमा परिवर्तन भइरहन्छ तदनुसारको परिवर्तन पनि आवश्यक हुन्छ । आजको प्रविधिसँगै अद्यावधिक पनि हुनुपर्दछ । जसरी आज ब्राहृमी लिपि हामीलाई बुझ्न गाह्रो छ त्यसैगरी यी लिपि पनि लामो कालान्तरपछि परिवर्तित हुनसक्छन् । केन्द्रमा श्रुतिपरम्परा नै रहनुपर्दछ जसले ज्ञान पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
श्रुति परम्परामा नभएको ज्ञान क्रमशः लोप भएर जान्छ । कुनै पनि पद्धतिलाई दीर्घकालिक बनाउन श्रुतिपरम्परामा स्थापित गर्नु आवश्यक छ । हाम्रा पौरस्त्य ज्ञान, संस्कृति र सभ्यता पनि यही सुन्ने सुनाउने, गर्ने र गराउने प्रक्रियामा चलेका छन् । जसलाई निरन्तरता दिनाले हाम्रा आध्यात्मिक फलसिद्धिका साथै आगामी पुस्तामा पनि यो परम्परा पुस्तान्तरित भएर जान्छ । आज जे जति ज्ञानराशि प्राप्त छन् यी सबै श्रुतिपरम्पराकै देन हुन् । श्रुतिपरम्परा नै यस्तो अचुक कडी हो जसबाट हाम्रा संस्कृति, सभ्यताको पुस्तान्तरण हुन्छ र हाम्रा परम्परा पनि निरन्तर जीवन्त रहन्छन् । अन्यथा त्यो एककालिक हुन्छ र व्यक्तिसँगै हराएर जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच