शिक्षालाई जीवनको त्यो उपलब्धि मानिएको हुन्छ जसमा मानिसका सबै चाहना इच्छा, भावना बोकिएका हुन्छन् । यसका साथै भविष्यका सबै कामनाहरू शिक्षामा समावेश भएर आएका हुन्छन् । यही हो शिक्षा संसारका सन्दर्भमा पनि । मानिसलाई जीवनका हरेक क्षेत्रमा जु्ध्नका लागि चाहिने शिक्षा हो आजको युगमा । यसैलाई संसारले मानेको पनि छ । उच्च शिक्षा हासिल गर्नका लागि चाहिने शैक्षिक संस्थालाई विश्वविद्यालय भनिन्छ । विश्वविद्यालयमा प्रवेश गर्नुलाई शैक्षिक व्यवस्थाको मूल उपलब्धि मानिएको छ । यही हो शैक्षिक आधार र विश्वविद्यालयीय शिक्षा पनि । यही शिक्षामा रमेको छ हाम्रो देश नेपाल पनि ।
हामीले पहिले विद्या दिने गर्दथ्यौँ । विद्याप्राप्त गरेको विद्यार्थी शिष्यका रूपमा उपस्थित भएको हुन्थ्यो । गुरुशिष्य परम्परामा गतिशील रहेका विद्याहरूले आफ्ना लागि मात्र नभएर परिवार र समाजका उपयोगी बाटो देखाउने गरेका हुन्थे । आजको शिक्षा त खाशगरी हाम्रो देशको युवाका लागि योग्य नै मानिएको देखिँदैन । विदेशी भूमिमा जाने र त्यहाँको वातावरणमा शिक्षा लिने कुरालाई आजको शिक्षा नीतिले नियन्त्रण र निमन्त्रण गरेको देखिन्छ ।
कहाँ चुक्यौँ हामी ?
राजनीतिक परिवर्तनले देशको समग्र व्यवस्थामा परिवर्तन ल्याएको हुन्छ । यो परिवर्तन देशको समग्रतामा हुने गरेको हुन्छ । सामाजिक राजनीतिक, सांस्कृतिक शैक्षिक परिवर्तन देशका जनताले चाहेका हुन्छन् । यी समग्र क्षेत्रमा भएको परिवर्तनले समाजको समाजिक अवस्थामा मात्र होइन शैक्षिक क्षेत्रमा पनि सुधार र परिवर्तनको अपेक्षा राखेका हुन्छन् । ती सबै अपेक्षा मानिसका हुन् । जनताका हुन् । काम गर्ने कामदारका हुन् । सुनौलो भविष्य बोकेर विद्यालय छिरेका ससाना भाइबहिनीका हुन् । जीवनलाई सुखी बनाउन विश्वविद्यालय छिरेको एउटा कर्मठ युवाका पनि हुन् । यी सपनालाई पूरा गर्नु नेपालको राजनीतिक इतिहासमा परिवर्तन ल्याउने दलहरू र तिनका कर्मठ नेताको होइन र ? समाज परिवर्तन भयो ।
राजनीति परिवर्तन भयो । सामान्य जीवन बाँचेको नेता सम्पन्न भयो । नेताको छोरो ठेकेदार भयो । आफ्नो जीवन र आफूले गरेको राजनीतिक स्वार्थ त पूरा भयो । तर देश, देशबासी र नेपाली जनताको अवस्था कस्तो भयो केही पत्तो भएन आजको दिनसम्म पनि ।
राजनीति परिवर्तन भयो । सामान्य जीवन बाँचेको नेता सम्पन्न भयो । नेताको छोरो ठेकेदार भयो । उसको कार्यकर्ता र आफन्त गाउँ, नगर, उपमहानगर तथा महानगरको प्रमुख उपप्रमुख, वडामा रजाइँ गरिरहेको छ । आफ्नो जीवन र आफूले गरेको राजनीतिक स्वार्थ त पूरा भयो । तर देश, देशबासी र नेपाली जनताको अवस्था कस्तो भयो केही पत्तो भएन आजको दिनसम्म पनि । पहिले स्वदेशमा नै शिक्षा प्राप्त थियो अहिले छैन । पहिले स्वदेशमै रोजगारी थियो अहिले छैन । यही परिवर्तन हो र नेपालीले चाहेको ?
नेपालमा अहिले सोह्रवटा विश्वविद्यालय सञ्चालमा देखिएका छन् । योगमाया, मदनभण्डारी विश्वविद्यालय सञ्चालनका चरणमा रहेको देखिन्छ । वर्तमान शिक्षामन्त्रीले तिलगङ्गा आखाँ अस्पताललाई नयाँ विश्वविद्यालयका रूपमा स्थापना गर्ने विधेयक संसदमा प्रस्तुत गरेकी छिन् । नेपालमा विश्वविद्यालयहरू खोलिए तर विश्वविद्यालयमा अध्ययन गर्ने जनशक्ति प्रत्येक वर्ष बाहिरिएको छ । नेपालमा पहिले खोलिएका विश्वविद्यालयमा विद्यार्थी छैनन् राज्य प्रत्येक साल नयाँ विश्वविद्यालय खोलेर पदाधिकारी नियुक्तिमा मस्त देखिन्छ । विदेशी विश्वविद्यालयमा विद्यार्थी पठाएर मस्त रहने हामी र हाम्रो नेपालको राजनीतिले यो अवस्था सिर्जना किन ग¥यो जानकारी पाउन नै गारो देखियो ।
हामी हाम्रा बाबुनानीलाई आरम्भदेखि नै प्रविधिमैत्री बनायौँ । कोरोनाकालमा देखिएको प्रविधिको विकास आजसम्म पनि नेपालका विद्यालय तथा विश्वविद्यालयमा चलिरहेको छ । आज विद्यार्र्थी पुस्तक पढ्दैन हामीले सबै प्रविधिमा समावेश गरिदिएर अध्ययन कर्तालाई सजिलो बनाइदियौं । विद्यार्थी पूणाण प्रविधिमैत्री र प्रविधिप्रेमी बन्यो बन्न सकेन पुस्तक प्रेमी । आजको विद्यार्थीलाई प्रविधिमैत्री बनाएर ऊभित्रको अध्ययन क्षमतालाई हामीले ह्रास गरिदिएका छौँ । यो प्रविधिको विकासमा विद्यार्थीको क्षमतामा बृद्धि होइन ह्रास हुन आएको तथ्यलाई कसैले नकार्न सक्दैन । विद्यालयको शिक्षक प्रविधिको प्रयोग गरेर आफूलाई प्रविधिमैत्री बनाउन कम्मर कसेको छ । विश्वविद्यालयको प्राध्यापक प्रविधिमा कमजोर भए आफूलाई कमजोर प्राध्यापक मानिने डरमा प्रविधिमै झुण्डिरहेको छ ।
विद्यार्थी अब्बल हुने नाममा प्रविधिसित सधै पैठाजोरी खेलेको छ । उसले पुस्तक हेर्दैन । यो बारेमा अरुको दृष्टिकोण बुझ्न पुस्तक किन्दैन । प्रविधिमा हेर्छ र मलाई सबै आउँछ भन्नेमा विश्वसित भएको छ । नीति निर्माणमा हामी विद्यालय विश्वविद्यालय प्रविधिमैत्री हुनु आवश्यक छ भन्दै मन्तव्य, वक्तव्य दिइरहेका हुन्छौँ । कसैले पनि विद्यालय र विश्वविद्यालय पठनमैत्री हुनुपर्दछ भन्न सकेका छैनौँ । पठनमैत्रीलाई गतिशील बनाउन खोज्दा प्रविधिमा कमजोर भइने सङ्केतमा आजको पुस्ता कुदिरहको छ । यही संस्कृति र प्रविधिमैत्रीमा कुदेको हाम्रो विद्यार्थीको अध्ययन परम्परा कमजोर भएको होइन र ?
पठन संस्कृतिलाई र विद्यार्थीको अध्ययन क्षमतालाई विकास नगरेर प्रविधिका नाममा भित्रिने आजको विज्ञान नै अध्ययनमा विद्यार्थीको कमजोर अवस्था पक्कै पनि हो । हामीले जीवनका सबै पक्षलाई सबलता दिने विद्यारुपि शिक्षा आजको पुस्तालाई दिन सकेनौँ । आजको पुस्तासित ज्ञान, सीप, क्षमता, विश्वास र दृढता पूर्णरूपमा भरिएर बसेको छ तर ऊसित छैन सङघर्षको मैदान, ऊसित छैन जीवनमूल्यको खोज, ऊसित छैन मानिस बन्ने होड । त्यसैले आजको विद्यार्थी पलाययनमुखी भयो । भाग्यो हाम्रो देशबाट, भागिरहेको छ जीवनको सङ्घर्षबाट, भागिरहेको छ आमाबाबुको माया र ममताबाट ।
हामी चुक्यौँ तर कहाँ चुक्यौँ यसको खबर कतै छेन । यो हाम्रो नेपाली शिक्षा प्रणाली चुकेको मान्न सकिन्न र ? हाम्रो शिक्षाले विद्यार्थीलाई बाहिर पठायो विद्यार्थीमात्र होइन उनीहरूसित यो आर्थिक वर्षमा बाहिरिएको विदेशीमुद्राले नेपालको आर्थिक अवस्थालाई कमजोर बनाएको छ । यो अवस्था आउनुमा अध्ययन गर्ने विद्यार्थी, पढाउने शिक्षक र विश्वविद्यालयको प्राध्यापकमात्र दोषी होइन ।त्यसैले हामी र हाम्रो राजनीति शिक्षा नीति निर्माणमा चुकिसकेको देखियो । विदेशी अनुदानका आधारमा शिक्षा नीति बनाउने प्रवृत्तिले हामीलाई शिक्षाका क्षेत्रमा धेरै पछाडि धकेलिदिएको छ । यो अवस्था किन आयो, यसको जिम्मेवार को ? नेपालीलाई अध्ययनका नाममा विदेशी भूमिका धकेल्ने को ? यो जिम्मेवारी लिनु आवश्यक छ आजका राजनीतिकर्मीले ।
सुधार गर्ने कि ?
नेपालमा शिक्षामा सुधार विश्वविद्यालय खोलेर मात्र हुँदैन । प्रत्येक प्रदेशमा चारवटा विश्वविद्यालय खोले पनि विद्यार्थी अध्ययनका लागि बाहिर जान छोड्ने अवस्था देखिँदैन । कक्षा बाह्र पास गरेर विभिन्न देशका भाषा कक्षा लिने विद्यार्थी प्रवेशाज्ञा नपाएमात्र स्नातक तहमा भर्ना हुन आएको पाईन्छ । केही प्राविधिक विषयलाई छोडेर सामान्य विषयमा आजको विद्यार्थी स्वदेशमै बसेर अध्ययन गर्ने आँट गर्दैन किन होला ?सामान्य अवस्थामा बाहेक उसको अध्ययनप्रतिको रुचिले आफूलाई विश्वास दिलाउन नसकेको स्पष्ट देखापरेको पाइन्छ ।
माध्यमिक परीक्षा बोर्डले यही असार तेह्र गतेका दिन कक्षा दशको परीक्षाफल सार्वजनिक ग¥यो । सो परीक्षाफलमा ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए । आजको विद्यार्थी प्रविधि सम्पन्न छ । देशको विद्यार्थी उत्तीर्ण प्रतिशत कम हुनुका पछि मात्र शिक्षक दोषी हो र ?
नेपालको उच्च शिक्षा नीतिमा जे जति तर्क गरिए पनि विश्वविद्यालयीय शिक्षामा सकारात्मक सोच आउन सकेको छैन । विद्यालयतहको शिक्षामा विद्यार्थीमा राजनीतिको प्रवेश देखिँदेन । उच्च शिक्षामा विद्यार्थी राजनीतिको चर्को दबाव नियुक्त भएका पदाधिकारीले भोगिरहनुपर्ने अवस्था सिर्जना हुने गरेको हुन्छ । विश्वविद्यालय अनुदान आयोग विद्यार्थी सङ्ख्याका आधारमा कर्मचारी र प्राध्यापकको तलबमा कटौती गर्दै जाने विद्यार्थी विदेशी भूमिमा अध्ययनका लागि जाने हो भने यो देशका विश्वविद्यालयले कसरी प्रगतिको बाटो समाउँछन् त ? विश्वविद्यालयलाई भन्सार मान्ने राजनीतिक सोच र विश्वविद्यालयमा धेरै विद्यार्थी भएमा मात्र उच्च शिक्षा सबल हुन्छ भन्ने मान्यताले घर गरेको अवस्थामा देशको विकासमा विश्वविद्यालय खरो उत्रन नसकेका मात्र हुन् ।
विश्वविद्यालय र विभिन्न महाविद्यालयमा प्राध्यपन गराउने प्राध्यापकको जिम्मेवारी जति विद्यार्थी भए पनि आफ्नो कक्षामा आउनेलाई गतिलो बुझ्ने गरी अध्यापन गराउनु हो । उसले दिएको शिक्षाले विद्यार्थीलाई स्वदेश वा विदेशका गल्ली के रुचाउँछ त्यसमा हाम फाल्ने बनाउने होइन । विद्यार्थी विदेश गए विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक दोषी मान्ने प्रवृत्ति पक्कै पनि उचित भने होइन । समयमा परीक्षा लिएर परीक्षाफल प्रकाश्न गर्न नसक्नु पक्कै पनि परीक्षा नियन्त्रण कार्यालयको त्रुटि पक्कै पनि हो सबै विश्वविद्यालयहरूको ।
माध्यमिक परीक्षा बोर्डले यही असार तेह्र गतेका दिन कक्षा दशको परीक्षाफल सार्वजनिक ग¥यो । सो परीक्षाफलमा ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए । आजको विद्यार्थी प्रविधि सम्पन्न छ । देशको विद्यार्थी उत्तीर्ण प्रतिशत कम हुनुका पछि मात्र शिक्षक दोषी हो र ? विद्यार्थीलाई शिक्षा दियौँ हामीले । प्रविधिमैत्री हुनुपर्छ भन्यो विद्यालयले । अङ्ग्रेजी बोलेका भरमा मख्ख परे अभिभावक । हामीले शिक्षा त दियौँ तर अध्ययनको बाटो र पाटो सिकाएनौँ । विद्या आर्जन गर्दा गर्नुपर्ने कर्तव्यलाई हामीले आफ्ना बालबालिकालाई सिकाउन सकेनौँ । हामीले र हाम्रा विद्यालयले दिएको शिक्षा अहिले पनि अधुरो र अपुरो छ भन्ने तर्कलाई यो परीक्षाफलले प्रमाणित गर्दैन र ?
यी विद्यार्थी त गाउँ शहरका दश जोड दुईमा विभिन्न विषय लिई अध्ययन गर्नेछन् । अबको केही समयपछि कक्षा बाह्रको परीक्षाफल प्रकाशित हुनेछ । त्यसको अवस्था पनि यही नै होला । कक्षा बाह्र उत्तीर्ण गरेका मध्ये आधाजसो यो देश छोडेर जानेछन् । उनीहरूका अभिभावक नै यो देशको शिक्षानीतिमा सन्तुष्ट छैनन् । केहीविद्यार्थी प्राविधिक धारमा समावेश भएर आफ्नो उज्वल भविष्यको कामनामा लागि पर्नेछन् । केहीले त कोरियन भाषा र अरबी भाषाकक्षा पढिरहेका छन् तिनको गन्तव्य ती मुलुक हुनेछन् ।
हामी नीतिगत रूपमा अस्पष्ट भयौँ । देशको कुनै पनि नीतिमा हाम्रो राजनीति स्थिर हुन सकेन । अस्थिर राजनीतिले अस्थिर अवस्थाको नीतिलाई आत्मसात गरेको छ । यस्तो नीतिले देशको विकास र शैक्षिक क्षेत्रमा प्रगति हुने देखिँदैन । अब प्रत्येक साल विश्वविद्यालय खोल्न बन्द गरौँ । अध्ययनका लागि बाहिर जाने नेपाली युवाशक्तिलाई स्वदेशमा बस्ने वातावरण तयार पारौँ । विद्यार्थी सबै बाहिर देशमा विश्वविद्यालयको चाङले मुलुकको उन्नति हुँदैन भन्ने तथ्यलाई प्रमाणित गरेको छैन र ?राम्रो तरिकाले विशिष्टीकृत विश्वविद्यालयका माध्यमबाट नेपाल सुहाउँदो, धरातलका लागि काम लाग्ने र नेपालमा बिक्री हुने शिक्षाको बाटो खोलौँ विदेशी अनुदानबाट पाएको शिक्षाको होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच