![‘यात्राको लय’ लोकार्पण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Yatrako-Laya.jpg)
इस्लामावाद । इरान र पाकिस्तानबाट गतहप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिवान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो ।
अफगानी आप्रवासीहरू तोरघुण्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ । हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ ।
केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् । धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुव्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागू गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ । यो अवस्थाले अफगानी शरणार्थीहरूको अधिकार र सुरक्षाको रक्षा गर्न जारी मानव अधिकारको उल्लंघन र चुनौतीहरूलाई प्रकाश पार्छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच