![म्याग्दीमा २० प्रतिशत रोपाइँ](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Dhankheti.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार यहाँ उद्घाटन गर्नुभएको छ । प्रकाश दाहाल फाउण्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दिवंगत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो ।
उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाश दाहाल फाउण्डेसनकी अध्यक्ष बिना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मान स्वरूप एक थान मोटरसाइकल प्रदान गरिने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले दिवंगत प्रकाश दाहालले देशका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच