![भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/sandeep-samman.jpg)
एजेन्सी । स्टार खेलाडी लियोनल मेसीबिना नै पेरिस ओलम्पिकका लागि अर्जेन्टाइन फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक हाभियर मास्कारानोले टोलीमा विश्वकप विजेता चार खेलाडीलाई भने समावेश गर्नुभएको छ । टोलीमा मेसी, जुलियन अल्भारेज, निकोलस ओटामेन्डीसहित चार विश्वकप विजेता खेलाडीलाई बाहिर राखिएको हो ।
यस वर्ष चोटसँग जुधिरहनुभएका ३७ वर्षीय मेसीले सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षा गर्ने लक्ष्यका साथ कोपा अमेरिका खेलिरहनुभएको छ । यो जितले अर्जेन्टिनाका लागि सन् २०२२ मा विश्वकपको उपाधि उचाल्ने अवसर प्रदान गरेको थियो ।
मेसीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जित्नुभएको थियो । ओलम्पिक पुरुष फुटबल प्रतियोगिता २३ वर्षमुनिका टोलीका लागि हो तर प्रत्येक टोलीमा तीनजना पाको उमेरका खेलाडी राख्न पाइनेछ ।
सन् २००४ र २००८ मा खेलाडीका रूपमा ओलम्पिकमा स्वर्ण पदक जित्नुभएका मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नुहुनेछ । अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेल खेल्नुअघि फ्रान्समा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । समूह ‘बी’ मा अर्जेन्टिना र मोरक्कोसँगै इराक र युक्रेन छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच