![खाने नुनको मूल्य बढ्यो](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/aayodin-nun.jpg)
ललितपुर । बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा बागमती प्रदेशको जर्सी सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष सुमन कट्टेल, विकास लामा, सह–सचिव माइकल पर्जा र कोषाध्यक्ष अनिश बानियाँको उपस्थितिमा खेलाडीहरूलाई जर्सी वितरण गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले स्केटिङ र स्केटबोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘बागमती प्रदेशमा एक पालिका एक स्केट पार्क बनाउने लक्ष्यका साथ अगाडि बढिसकेको र खेलाडीको स्तर बढाउन बागमती प्रदेशमा कोचको व्यवस्था गर्छौं ।’ उपाध्यक्ष विकास लामाले स्केटिङ साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएको र यसलाई सरकारको थप हौसला र सहयोगबाट राष्ट्रियस्तरमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न कम्पनीहरूले प्रायोजक भएर स्केटिङ तथा स्केटबोर्डिङ खेललाई विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । हृवाइट ¥याबिट स्टुडियोका सञ्चालक विवेक शर्माले यस खेललाई प्रोत्साहित गर्ने बताउनुभयो ।
गाबहाल डेन्टल क्लिनिक, फ्युचर फाउण्डेसन, क्लब डायनामिक र रसुवा सनसाइन ग्रेस हाउसका सञ्चालकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष सुमन कट्टेलले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच