![गायनमा रुद्र शेखरको अब्बलता](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Rudra-Shekhar-Sharma.jpg)
काठमाडौं । पुरुष र महिलालाई लक्षित गरेर ‘फेस अफ राजधानी-३’ यस वर्ष पनि आयोजना हुने भएको छ । सन् २०२० देखि आयोजना हुँदै आएको यस प्रतियोगिता नेपालका लागि यस वर्ष पनि हुने भएको आयोजक तथा स्टुडियो एण्ड कम्पनीको निर्देशक मोनु शाहले जानकारी दिनुभयो ।
उहाँकाका अनुसार प्रतियोगितामा १७ देखि २८ वर्ष उमेरका पुरुष र महिला फेश अफ राजधानीमा सहभागी हुन सक्नेछन्, भने किड्स नेपालका लागि ६-१६ सम्मका किड्सहरू सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने बताइएको छ ।
यसका लागि अडिशन गर्ने तयारी पनि भइरहेको छ । छनौट प्रक्रिया अगाडि बढेपछि सहभागीका लागि २५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याति प्राप्त प्रशिक्षकहरूद्वारा तालिम दिइने जनाइएको छ । सहभागीहुनेहरूमध्ये आगामी राउण्डका हुने फिनालेमा निर्णयकको मूल्यांकन र भोटिङबाट तीनजना विजेता घोषणा हुनेछन् । बिजेताहरू मुम्बई हुने प्रतियोगितामा सहभागी हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच