![राजमार्ग ठप्प पार्ने क्रसर व्यवसायीको चेतावनी](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/karsar.jpeg)
काठमाडौं । चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता भएको छ । चद्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने गरी यस्तो सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँ र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले हस्ताक्षर गर्नुभएको छ ।
चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिकाभित्र २०८० साउन १ गते वा सोभन्दा पछि जन्मिएका बालबालिका १८ वर्षपछि परिपक्व हुने गरी उनीहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधिबमोजिम नगरपालिकाबाट यस्तो सुविधा प्रदान गरिने बताइएको छ ।
कार्यविधिअनुसार नगरमा स्थायी बसोबास गर्नेका छोराछोरी योजनाबाट लाभान्वित हुन सक्नेछन् । चन्द्रागिरिले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुको पाँच/पाँच हजारका दरले प्रत्येक बालबालिकाको नाममा एनआइसी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकमसमेत राख्न सक्ने व्यवस्था गरिएको छ । योजनामा सहभागी ग्राहकको निक्षेपमा बैंकले अधिकतम् ब्याजदर प्रदान गर्नेछ । चन्द्रागिरिमा जन्मिएका बालबालिका १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको कोषले निकै सहयोगी भूमिका खेल्ने नगरपालिकाको विश्वास रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच