मकवानपुर । मकवानपुरमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–६ उर्लाघारीमा विषालु च्याउ खाएर ७ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, मकवानपुर भिमफेदी गाउँपालिका-६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली मायाँ स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान ,३०वर्षीया पासाङ मायाँ स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीय लक्ष्मी मायाँ स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान बिरामी परेका छन् ।बिरामी परेका मध्ये ७ वर्षीय लासाङ स्याङतान गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ।
मगंली मायाँ स्याङतान र लक्ष्मी मायाँ स्याङतानको हेटौंडा अस्पतालमै उपचार भई रहेको बाँकी ५ जनालाई थप उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाइएको जनाएको छ।
मकवानपुरमा जंगली च्याउ खाएर कतिले ज्यान गुमाएका छन् भने दर्जन भन्दा बढी बिरामी परिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच