![भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/sandeep-samman.jpg)
काठमाडौं । पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोकप-२०२४ आफ्नो करियरको अन्तिम युरोपेली प्रतियोगिता हुने बताउनुभएको छ । विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडीमध्येका एक ३९ वर्षीय रोनाल्डोले कीर्तिमानी छैटौंपटक युरोकपमा सहभागिता जनाइरहनुभएको छ । उहाँको टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो टोलीले शुक्रबार फ्रान्सको सामना गर्नेछ ।
स्लोभेनियाविरुद्ध जित हात पारेपछि रोनाल्डोले भन्नुभयो, ‘यो मेरो अन्तिम युरोपियन च्याम्पियनसिप हो । यसमा म भावुक छैन । यो खेलले मलाई सबै थोक दिएको छ ।’ रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ ।
उहाँले युरोकपमा कीर्तिमानी १४ गोल गर्नुभएको छ । उहाँले आफ्नो मुख्य उद्देश्य समर्थकलाई खुसी बनाउनु रहेको बताउनुभयो । स्लोभेनियाविरुद्धको खेलमा अतिरिक्त समयमा पेनाल्टी रोकेपछि उहाँ भावुक हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच