![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । सद्भावले १२४औँ संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । १८ वर्षीय सद्भावले युनाइटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउण्डको छनोट प्रतियोगिताका लागि विशेष निमन्त्रणा पाउनुभएको हो । उहाँले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नुहुनेछ ।
सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फरसमेत बन्नुहुनेछ । १२४औँ युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।
यसैगरी उहाँले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउनुहुनेछ । अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपिएस सग्रसको दि प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएपछि उहाँ सहभागी हुन त्यसतर्फ जानुभएको हो । सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदारमध्येको एक खेलाडी भएकाले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा गरेको नेपाल गल्फ संघले जनाएको छ ।
दुई प्रतियोगितामा सहभागितासँगै अमेरिकामा सद्भावले विशेष प्रशिक्षण गर्नुहुनेछ । उहाँले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने बताइएको छ । दुईपटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँ सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुनुहुन्छ । उहाँले तीनवटा प्रमुख उपाधि जितिसक्नुभएको छ । सद्भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसक्नुभएको छ ।
सद्भावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३-२४ को सिजनमा दुईवटा उपाधि जित्दै टुरमा कुल उपाधि संख्या तीन पु¥याउनुभएको थियो । यो सिजन ६ प्रतियोगितामा भाग लिनुभएका उहाँले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जित्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिहीबारै सद्भावलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सदस्य-सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभई सिंगो राष्ट्रका लागि गर्वको कुरा भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच