![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
भोजपुर । समाज परिवर्तनका प्रमुख हिस्सेदारकारुपमा मानिने युवाहरु अहिले सामाजिक कार्यमा जुटेका छन् । भोजपुरका युवाहरु मिलेर बनेको बिहानी फुटवल क्लवमा आवद्ध युवाहरु अहिले बिभिन्न सामाजिक क्रियाकलापमा ब्यस्त देखिएका छन् ।
युवाहरुले प्रत्येक हप्ता बिभिन्न क्रियाकलापहरु गर्दै आएको क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो । सोही क्रममा शुक्रवार भोजपुर सदरमुकाममा रहेको सप्तधारा र आसपासका क्षेत्रहरुको सरसफाई गरिएको भुजेलले जानकारी दिनुभयो । यस्ता कार्यमा अरुले चासो नराख्ने भएकाले युवाहरु नै अघि सर्नु पर्ने अवस्था आएको अध्यक्ष भुजेलको भनाई रहेको छ ।
धार्मिक क्षेत्र, सडक क्षेत्रको सरसफाइदेखि लिएर युवाहरुको समुहले भोजपुरमा डेंगुको संक्रमण हुन नदिन सचेतनासँगै बिषाधि छिट्ने कार्य समेत गर्दै आइरहेको छ । युवाहरुले गरेको कामको अहिले जिल्ला तहमा पनि प्रशंसा हुन थालेको छ ।
“युवा शक्ति, जो सही बाटो हिडे विकासको ढोका खुल्न सक्छ र समाजमा नमूना बन्न सक्छन् ।” स्थानीय गणेश शाक्यले भन्नुभयो । समाज विकास र परिवर्तनको एजेण्डालाई स्थापित गर्न लागेका युवाको पक्षमा सवै जुटन आवश्यक देखिएको शाक्यको धारणा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच