काठमाडौं । नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा आर्मी टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, चार रजत र एक कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपिएफ तीन स्वर्ण, दुई रजत र पाँच कांस्यसाथ दोस्रो भयो । नेपाल प्रहरी दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित तेस्रो भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा प्रहरीका भूपेन्द्र थापा तथा महिलामा आरडिएसकी रमिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । भूपेन्द्रले मोटरसाइकल तथा रमिशाले स्कुटर पुरस्कार प्राप्त गर्नुभयो ।
विजेतालाई अर्थमन्त्री वर्षमान पुन, पूर्वमन्त्री विना मगर, पूर्वमन्त्री दलजित श्रृपाली, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गर्नुभएको थियो ।
पाँचदिने प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ गरी ३१ टिमका १७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जानकारी दिनुभयो । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच