काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
सो गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सब(ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्यलाई पनि आयोगले प्रतिवादी बनाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
यस्तै योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैं आफ्नै फर्ममा बजेट विनियोजन गरेको आयोगको दाबी छ ।
गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच