काठमाडौं । एसिसी महिला एसिया कपका लागि भारतले हरमनप्रीत कौरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा प्रतियोगिता जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् ।
साबिक विजेता भारतले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र भारतबीचको खेल जुलाई २३ मा हुनेछ । भारतीय टोलीमा हरमनप्रीत कौर (कप्तान), शेफाली बर्मा, स्मृति मंधाना (उपकप्तान), दयालन हेमलता, उमा क्षेत्री (विकेटकिपर), जेमिमा रोड्रिगेज, सजीवन सजना, दीप्ति शर्मा, ऋचा घोष (विकेटकिपर), श्रेयंका पाटिल, राधा यादव, आशा शोभना, पूजा वस्त्राकर, रेणुकसिंह ठाकुर र अरुधति रेड्डी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच