
चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामामाथि आक्रमणको प्रयास भएको छ । आइतबार राति अज्ञात समुहले उहाँ सवार सरकारी गाडी तोडफोड गरेको छ ।
राति सवा ९ बजे नगरपालिकाको काम सकेर गड्यौलीबाट घरतर्फ फर्किने क्रममा वडा नं २ स्थित बुद्धशान्ति माध्यमिक विद्यालय नजिक मेयर लामाको बा २ झ ३६६६ नम्बरको सेतो स्कार्पियोमा डुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।
मेयर लामालाई कुनै चोटपटक भने लागेको छैन । ‘नगरपालिकाको कामकै सिलसिलामा गड्यौली पुगेर फर्किदै थिए’ मेयर लामाले भन्नुभयो, ‘एक्कासी गाडीमा आक्रमण भयो, डुंगाले गाडीको पछाडि लागेर ज्यान जोगियो ।’
जनप्रतिनिधिहरुकै बेमेलका कारण उक्त नगरपालिकामा विकासले गति लिन सकेको छैन् । विगत ६ महिना अघिदेखि जनप्रतिनिधिहरुले नै मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी गरेको छन् ।
गत वर्षदेखि यहाँ नगर सभा र कार्यपालिका बैठक बस्न सकेको छन् । विवादित बन्दै गएको सो नगरपालिकाका मेयर लामाको सुरक्षाको लागि जिल्ला सुरक्षा समितिले पिएसओ समेत खटाएको छ ।
घटना लगतै इलाका प्रहरी कार्यालय भण्डाराको टोली घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच