काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जित्नुभएको हो । अनिलले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौल समूहमा स्वर्ण पदक हासिल गर्नुभएको हो ।
यस्तै, नेपाली खेलाडी जमानसिंह गुरुङले दुईवटा रजत पदक जित्नुभएको छ । उहाँले पुरुषतर्फको सिनियर एकल कातामा रजत पदक चुम्नुभएको हो । उहाँले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौल समूहमा पनि रजत पदक जित्नुभयो । उहाँ प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित हुनुभएको थियो ।
लमजुङका गुरुङ हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामै बस्नुहुन्छ । उहाँले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आउनुभएको छ ।
प्रतियोगितामा नेपालबाट दुईजना रेफ्रीले पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हकङक, फिलिपिन्स, इण्डोनेसिया, मलेसिया, क्यानडा, पाकिस्तान, कजाकस्तान, उज्वेकिस्तान र भारतका खेलाडीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच