काठमाडौं । यस साता विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेको छ । ब्याजदर कटौती गर्ने अमेरिकी रिजर्भ बैंक (फेड) को संकेत र राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको कमदर र ट्यारिफको सम्भावनाले सुन खरिद बढ्न गई मूल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् । नेपाली बजारमा पनि यस साता सुनको मूल्यले एकपछि अर्को गरी नयाँ रेकर्ड बनायो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख २५ हजार सात सय ६० रुपैयाँ रहेको मूल्य यस साताको तेस्रो र चौथो दिन क्रमशः नयाँ रेकर्ड बनाउँदै चौथो दिन बुधबार प्रति १० ग्रामको एक लाख २८ हजार चार सय ३० पुग्यो । त्यसपछि मूल्य सामान्य घटेर साताको पछिल्लो कारोबार भएको शुक्रबार एक लाख २६ हजार चार सय ६० रुपैयाँमा झरेको थियो ।
जुन मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार शुक्रबार प्रति १० ग्राम छ सय ९० रुपैयाँ बढी हो । चाँदीको मूल्य भने सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार छ सय सात रुपैयाँ ५० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार पाँच सय सय ६९ रुपैयाँ कायम भएको महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच