नवलपरासी । क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष लालबहादुर अधिकारीले धार्मिक सहिष्णुता कायम भए देशको विकासको आधारशिला खडा हुने बताउनु भयो ।
क्षत्री समाज जिल्ला कार्यसमिति नवलपरासी र बर्दघाट नगर कार्यसमितिको आयोजनामा शिवलिङ्गको अनावरण गर्दै उपाध्यक्ष अधिकारीले धार्मिक सहिष्णुताले शान्ति कायम हुने उल्लेख गर्नु भयो । अधिकारीले राष्ट्रिय एकताले जातिय सदभाव कायम गर्ने बताउदै उहाले हरेक जातजातिको एकताले धार्मिक र जातिय सहिष्णुता कायम हुने बताउनु भयो ।धार्मिक सहिष्णुताले देशमा शान्ति र अमनचयन कायम हुने र राष्ट्रको विकास हुने अधिकारीको भनाइ छ ।
क्षत्री समाजद्रारा राम जानकी मन्दिरमा शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १३ को लेवडामा रहेको राम मन्दिरमा शिवलिङ्गको प्रतिष्ठापन गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाकि निबर्तमान उपप्रमुख मायादेबि पौडेलले धार्मिक आस्थालाई ब्यक्ति र समाजलाई अनुशासनमा राख्न सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक र एकल महिला गरि २० जनालाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा क्षत्री समाजका केन्द्रिय सदस्य मानबहादुर थापा, बर्दघाट १३ का वडा अध्यक्ष नर बहादुर चौधरी लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यमबहादुर खत्रीले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच