काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।
मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मन्त्री लेखकको कार्यकालमा हाल देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले संसद्को सल्लाहकार समितिका रूपमा क्रियाशील पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ताको व्यवस्था मिलाइ दिन आग्रह गर्नुभयो । संस्था हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता छ ।
साथै भेटमा सहभागी पूर्वसांसदहरूले मञ्च निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि माग थियो । पूर्वसांसद मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले आश्वासन दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच