ललितपुर । चलचित्र ‘शाम्बाला’ भदौ २८ गते (सेप्टेम्बर १३)मा सिनेमाघरमा आउने भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबीच चलचित्रको सिनेमाघरमा आउने मिति घोषणा गरिएको हो । ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण चलचित्रको प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचित्रलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिने जनाइएको छ ।
कार्यक्रममा चलचित्रका निर्देशक मीनबहादुर भामले पहिलो चलचित्र ‘कालोपोथी’ केही हलमा मात्र रिलिज भएको जनाउँदै यो चलचित्र भने देशभर रिलिज हुने जानकारी दिनुभयो ।
झण्डै १४ करोडको बजेट तय रहेको यो चलचित्रलाई अहिलेसम्मकै महँगो नेपाली चलचित्र बताइएको छ । यसले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । चलचित्र नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा उठाएको छ । चलचित्रमा सोनम तोप्देन थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वांग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ, जंग लामालगायत कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच