गुल्मीमा सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व सङ्कलन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गत आर्थिक वर्ष २०८०/०८१ मा गुल्मीमा आठ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । एक वर्षमा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाईकललगायतका आठ हजार २६७ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उलङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउने, मापसे गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षमा ट्रक - ८४८, बस - ५०८, जिप/कार - तीन हजार ७०३, ट्याक्टर - ३८३, मोटरसाईकल - दुई हजार ८२१ कारबाहीमा परेका हुन् । यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा नौ हजार ६६४ सवारी साधन कारबाहीबाट ५७ लाख ५७ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा दश हजार ९७ सवारीसाधन कारबाहीबाट ६३ लाख १४ हजार राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १० जना मृत्यु भएको छ, भने २०८०/०८१ मा नौ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

४४३ पटक ट्राफिक नियम सम्बन्धि कार्यक्रम

गुल्मीमा एक वर्षमा ४४३ पटक ट्राफिक नियम सम्बन्धि कार्यक्रमहरु गरिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा यस जिल्लामा ४४३ पटक १४ हजार ९३ जनालाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामूलक प्रशिक्षणात्मक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।

वरिष्ठ प्रहरी नायब निरीक्षक शर्माका अनुसार एक वर्षमा ट्राफिक नियम सम्बन्धि जानकारी सहित सवारी चालकलाई प्रशिक्षण २८० पटक सात हजार ५५० जना, नयाँ चालकलाई कक्षा सञ्चालन १२ पटक १८० जना, विद्यार्थीलाई कक्षा सञ्चालन २९ पटक एक हजार ७०० जना, सर्वसाधरणलाई कक्षा सञ्चालन १० पटक १६० जना, चेतनामूलक माईकिङ १२ पटक दुई हजार ६३ जना, अन्तरक्रिया कार्यक्रम ३४ पटक १३० जना, चालक यात्रुमैत्री प्रशिक्षण ४६ पटक २१० जनालाई गरिएको छ । पर्चा पम्पलेट २० पटक दुई हजार १०० लगाइएको कार्यालयले जनाएको छ ।

यस्ता कार्यक्रमहरुबाट सवारी ऐन नियम तथा ट्राफिक ज्ञानबारे जनचेतना र ट्राफिक प्रहरी बीच समझदारी अभिवृद्धि हुनुका साथै यात्रु, चालक र सहचालकहरुमा जिम्मेवारी बोध हुने बताइएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई दैनिक चेकजाँच तथा ब्रेथलाईजरको प्रयोग गरी सवारी साधन नियन्त्रणमा लिई चालकलाई प्रशिक्षण प्रदान गरी कारबाही गर्ने गरिएको छ । १६७ जनालाई कारबाही गरी एक लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको हो । यसरी प्रशिक्षणसहित कारबाही गर्दा यस जिल्लामा गम्भिर प्रकृतिका दुर्घटनामा कमी आएको उहाँले बताउनुभयो ।

यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा रहेका अटो ग्यारेजका दक्ष प्राविधिक र यातायात व्यवस्था कार्यालयका प्राविधिकको सहयोगमा ४६५ सवारी साधनहरुको परीक्षण गरिएको छ । तम्घास र चन्द्रकोटमा गरिएको सवारी चालकहरुको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षणमा ६२० जनाले सेवा लिएका थिए । यसले गर्दा सवारी दुर्घटना समेत कमी आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?