कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गर्नु भएको छ ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गर्नु भएको हो । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । शाहले काँग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षर सहित दाबी पेश गरेका हुन । सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य संख्या बहुमत हो ।
नागरिक उन्मुक्तिको रेशम पक्षका ५ जनाको पनि हस्ताक्षर आउने भनिएकोमा उनीहरुको संसदीय दलको बैठक बसिरहेकाले हस्ताक्षर हुन नपाएको काँग्रेस निकट स्रोतले बताएको छ । शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्नु भएको छ । उहाँले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच