काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिमक समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच बिमक समितिको केन्द्रीय कार्यालय उद्घाटन गरिएको हो ।
बिमा प्राधिकरणका सञ्चालक कपिल देव वली र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त भवन उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बिमक समिति अध्यक्ष गणेश अधिकारीलगायतका सम्पूर्ण अभिकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ता र कम्पनी भनेको नङ र मासु जस्तो रहेको भन्दै अभिकर्ता र कम्पनी सम्पूर्ण कुरामा सहकार्य गर्दै अघि बढेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच