निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : राज्यमन्त्री तामाङ

हिमालय टाइम्स

काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुको हितको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले गरेको सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले निर्माण क्षेत्रबाटै राजनीतिक यात्रा शुरु गरेर राज्यमन्त्री भएको भन्दै निर्माण क्षेत्रको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका भुक्तानी लगायतका समस्या सहजिकरणको लागि पहल गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरु समस्या बिस्तारै समाधान हुँदै जाने भन्दै ढुक्क भएर काममा फर्कन आग्रह गर्नुभयो ।

उहाँले सिंचाई र ऊर्जा क्षेत्रका निर्माण व्यवसायीहरुलाई परेका समस्याहरुलाई सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले निर्माण क्षेत्रका समस्यासँग धेरै जानकार भएको भन्दै ऊर्जा मन्त्रीसँग समन्वय गरेर वनका समस्या समाधानको पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले निर्माण क्षेत्रका कामलाई वनको कारणले नरोक्ने गरी समन्वय गर्ने बताउनु भयो ।

उहाँले हाईड्रोपावरको लागि लाइसेन्स लिएर बसेका व्यवसायीहरुलाई सरकारले काम गर्ने वातावरण बनाउने पनि बताउनु भयो । उहाँले अब जलविद्युतको विकास लाइसेन्स लिएर घरमा राखेर नहुने भन्दै काम गर्न आवश्यक रहेको भन्दै सरकारले चाँडै सहजिकरण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्माण क्षेत्रमा लागेर नै राजनीतिक यात्रा शुरु गरेको हो । अहिले राज्य मन्त्रीको रुपमा सरकारमा गएको छु । भोलि नहुन पनि सक्छु । तर निर्माण व्यवसायीहरुलाई के भन्न चाहन्छु भने निर्माण व्यवसायीहरुको हितको लागि उच्च शिरमा राखेर काम गर्ने छु । निर्माण व्यवसायी ढुक्क भए हुन्छ । मेरो मन्त्रालय अन्तर्गत सिंचाई र ऊर्जा क्षेत्रमा निर्माण व्यवसायीहरुलाई परेका समस्याहरुलाई सहजिकरण गर्ने छु । निर्माण क्षेत्रका समस्या धेरै जानकार भएकाले ऊर्जा मन्त्रीसँग समन्वय गरेर वनका समस्या समाधान गर्न पहल गर्नेछु । निर्माण क्षेत्रका कामलाई वनको कारणले नरोक्ने गरी समन्वय गरिन्छ । हाईड्रोपावरको लागि लाइसेन्स लिएर बसेका व्यवसायी साथीहरु हुनुहुन्छ । लाइसेन्स लिएर घरमा राख्ने काम गर्नुभएन । लाइसेन्स लिएर बसेका ऊर्जा व्यवसायीहरुलाई सरकारले काम गर्न दिन्छ ।’

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै पूर्णबहादुर तामाङ राज्यमन्त्री भएकाले निर्माण व्यवसायीहरुको छाती चौडा भएको बताउनु भयो । उहाँले राज्य मन्त्रीले निर्माण उद्योगमा भएका समस्याहरु सरकारसँग समन्वय गरेर निर्माण उद्योगहरुको समस्या समाधान गर्ने काममा गर्ने अपेक्षा रहेको बताउनु भयो ।

निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीको प्रतिनिधित्व गरेर सरकारमा राज्यमन्त्री भएकाले उद्योगीहरुका समस्या सरकारसँगको समन्वयमा कार्यान्वयन तहमा सहजिकरण गर्ने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?