बोइनोज एयर । अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउनुहुने भएको छ । चोटका कारण ३७ वर्षीय मेसीले चिली र कोलम्बियाविरुद्धको खेल गुमाउनुहुने भएको हो ।
विश्वकप छनोटअन्तर्गत साबिक विजेता अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिलीसँग खेल्नेछ । त्यसको पाँच दिनपछि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा उहाँको खुट्टामा चोट लागेको थियो । त्यही कारण अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा उहाँलाई २८ सदस्यीयमा समावेश गरिएको छैन ।
यद्यपि, उहाँ मेजर लिग सकर टोली इन्टर मियामीसँगै रहनुभएको छ । त्यही रिकभरीका लागि उहाँ प्रयासरत हुनुुहुन्छ । प्रशिक्षक लियोनेल स्कालोनीले कोपा अमेरिकापछि सन्न्यासको घोषणा गर्नुभएका एन्जेल डि मारियासँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानीलाई पनि टोलीबाट बाहिर राख्नुभएको छ । प्रशिक्षक स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलोपटक टिममा सामेल गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच