काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।
आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उहाँले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गर्नुभएको हो ।
अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”
भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गर्नुभयो । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।
नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गर्नुभएको थियो ।
साथै उहाँले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध अझ मजबुत भएको विश्वास व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कने जानकारी गराउँदै भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री डा एस जयशङ्करसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भएको जनाउनु भएको छ ।
आफूलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई परराष्ट्रमन्त्री राणाले धन्यवाद ज्ञापन गर्नुभएको छ । । साथै आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गर्नुभएको छ ।
भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच