काठमाडौं । साहित्यकार तीर्थ अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत’माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना भएको छ । अनेसास नेपाल च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा राजेन्द्र केसी सभापति रहनुभएको थियो ।
अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेल प्रमुख अथिति रहनुभएको थियो । मञ्जिला अनिलको स्वागत मन्तव्य रहेको उक्त, कार्यक्रममा प्राडा.लक्ष्मणप्रसाद गौतम, महेश पौडेल तथा लीला लुइँटेलले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
निर्मलरमण पराजुलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, युवराज मैनाली, डा.रामप्रसाद दाहाल, सुनील अधिकारी रामकाजी कोने, प्राडा.गोविन्दमानसिंह कार्की तथा पुस्तकका लेखक तीर्थ अधिकारीले आआफ्ना विचार राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पौडेल तथा सभापति केसीले पनि आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच