काठमाडौं । नेपाल बिमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि-२०८१ लागू गरेको छ । जसअनुसार कुनै उजुरीमा वा बिमक, बिमित वा बिमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवाद निरूपण गर्न प्राधिकरणमा निवेदन दिनुपर्नेछ । यस्तो निवेदनमा प्राधिकरण सञ्चालक समिति वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत् प्रक्रिया पूरा गरी विवाद निरूपण गराउनुपर्नेछ । उक्त कार्यका लागि मध्यस्थता समिति गठन गरिने र समिति संयोजकमा प्राधिकरणका अध्यक्ष हुने कार्यविधिमा उल्लेख छ । त्यस्तै समिति सदस्यमा प्राधिकरणका कार्यकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखा प्रमुख र अध्यक्षले तोकेको उजुरी शाखाका एकजना अधिकृत रहनेछन् ।
अध्यक्षले बिमक र बिमितबीचको विवादमा मध्यस्थता गर्न मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवाद, बिमकले बिमालेखमा उल्लिखित अवधिभित्र बिमितलाई बिमा दाबी भुक्तानी नगरेको, दायित्व निर्धारण नगरेको वा बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेको भनी बिमितले प्राधिकरणसमक्ष उजुरी गरेकोमा त्यस्ता विवादमा उजुरवाला र बिमकबीच मिलापत्र गराउन सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरू मिलाउन सक्नेछ ।
त्यस्तै कुनै बिमक वा निजको कुनै सञ्चालक वा पदाधिकारी वा कर्मचारी वा बिमा मध्यस्थकर्ता वा अन्य बिमा सेवा प्रदायकले कुनै बिमितको हकहितविरुद्ध कुनै कार्य गरी निजलाई हानी नोक्सानी पु¥याएको भनी प्राधिकरणमा उजुरी प्राप्त भएकोमा उजुरीकर्ता र बिमकबीच मिलापत्र गराउन प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवाद, इजाजत पत्रप्राप्त बिमकबीच वा बिमा मध्यस्थकर्ताबीच वा बिमक, मध्यस्थकर्ता वा बिमाका अन्य पक्षबीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा निरूपण हुन नसकेको खण्डमा विवादमा संलग्न पक्षमध्ये कुनै एक पक्षले प्राधिकरणमा मेलमिलाप वा मध्यस्थताका लागि अनुरोध गरेका सञ्चालक समितिले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट मेलमिलाप तथा मध्यस्थता समितिमार्फत् विवाद निरूपणका लागि पठाएका विवाद, प्राधिकरणमा दर्ता भएको कुनै उजुरीका सम्बन्धमा सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमार्फत् मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवाद निरूपण गर्न उपयुक्त देखेका विवाद र प्राधिकरणको उजुरी शाखामा प्राप्त विवादमध्ये मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवाद समाधन गर्न सकिने प्रकृतिका विवाद मेलमिलाप गराउन सक्ने कार्यविधिमा उल्लेख छ ।
अभिकर्ताले परिवार सदस्यको पनि बिमा गर्न पाउने
नेपाल बिमा प्राधिकरणले अभिकर्ताले आफ्नै घर परिवारको सदस्यको बिमा गर्न नपाउने व्यवस्था हटाएको छ । बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशन संशोधन गर्दै उक्त व्यवस्था हटाएको हो । यसअघिको निर्देशनमा बिमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बिमा गराउन नपाउने व्यवस्था थियो ।
अभिकर्ताको चर्को विरोधपछि प्राधिकरणले उक्त व्यवस्था हटाएको हो । अभिकर्तालाई व्यावहारिक रूपमा पनि समस्या भएपछि उक्त व्यवस्था हटाइएको प्राधिकरणको भनाइ छ । तर, संशोधित निर्देशनबाट प्राधिकरणले अभिकर्ताको लाइसेन्स खारेज गर्न सकिने अर्को व्यवस्था पनि गरेको छ ।
अब अभिकर्ताले झुठो विवरण भरेर बिमा गरेमा त्यो कसुर मानिनेछ । बिमा अभिकर्ताले आफू अभिकर्ता भई बिमितको स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर, आयस्रोत तथा कागजात विवरण पूर्ण रूपमा नभरी, ढाँटी वा लुकाई बिमा गरेको वा गराइएको पाइएमा ऐनअनुसार बिमा कसुर मानिने र त्यस्तो बिमालेख सिफारिस गर्ने अभिकर्ताको इजाजत पत्र रद्द गर्न सकिने संशोधित निर्देशनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच