काठमाडौं । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेष्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या (समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्यो ।
२०१३ मा स्थापना भएको यस समर्पित एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधि गर्दै आइरहेको छ । भेटघाट कार्यक्रममा क्लबका सचिव सीताराम दाहालले अतिथिलाई स्वागत गर्नुभएको थियो । जसमा मुख्य अतिथि पूर्वनेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेष्टको नयाँ लोगो सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो । जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरिएको थियो । जसले नवमान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे । १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा खेलकुद क्षेत्रका प्रमुख व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।
उपस्थित सदस्यलाई बार्सिलोनाबाट आएको मायाको चिनोसहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरिएको थियो । जसलाई यो कार्यक्रमको स्मरणका रूपमा विशेष एफसी बार्सिलोना मर्चेन्डाइजको रूपमा तयार गरिएको थियो ।
पेन्या बार्सा दी एभरेष्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनु नेपालका फुटबल समर्थकका लागि एक महŒवपूर्ण उपलब्धि हो । जसले क्लब र नेपालमा यसको समर्पित समर्थकहरूबीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच