बर्लिन । नेसन्स लिगमा स्विट्जरल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो जित हात पारेको छ । फाबियन रुइज चम्किएपछि १० खेलाडीमा समेटिएको स्पेनले स्विट्जरल्याण्डलाई ४-१ ले पराजित गरेको हो । स्टेड डी जेनेभामा आइतबार राती सम्पन्न खेलमा जोसलु र रुइजले १३ मिनेटभित्रै २-० को अग्रता दिलाएपछि स्पेनले राम्रो सुरुवात गरेको थियो ।
चौथो मिनेटमा लामिन यमालको क्रसमा जोसेलुले हेडरमार्फत् गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसको नौ मिनेटपछि नै निको विलियम्सको प्रहार कोबेललेले बचाए पनि रिबाउन्डमा आएको बललाई रुइजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाउनुभयो ।
२०औँ मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो । त्यसैको फाइदा उठाउँदै स्विट्जरल्याण्डका जेकी अमडोनीले ४१औँ मिनेटमा गोल गर्नुभयो ।
तर, स्विट्जरल्याण्डका खेलाडीले खेल २-१ मा ल्याए पनि खेल सकिन १३ मिनेट बाँकी रहँदा स्पेनले अग्रता पुनः बढाएको थियो । रुइजले ७७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसको तीन मिनेटपछि वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४-१ को जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच