काठमाडौं । चर्चित सांगीतिक ब्याण्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुञ्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधवीपछि मंगोलियन हार्टले हङकङमा प्रस्तुति दिन लागेको हो ।
कन्सर्ट १५ सेप्टेम्बरमा हङकङको युन् लोङ थिएटरमा हुँदै छ । ब्याण्डका म्यानेजर एवं गितारिष्ट बबी लामाले हङकङमा आठ वर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताउनुभयो ।
कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।
सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्याण्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
मंगोलियन हार्टका ‘बादलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुंगे मेला, लगायत गीतहरू लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच